एक महिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु

एक महिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु

ओखलढुंगा ।  एकमहिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु भएको छ । अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय लहानले एक महिना मर्मतपछि सूचारु भएको हो ।

गत असार २६ गते राति कटारी नगरपालिका वडा नं. १४ स्थित ठाँटीमा गएको पहिरोले राजमार्गको कटारी–ओखलढुंगा खण्ड अवरुद्ध भएको थियो । शनिबार बिहानदेखि सडक सूचारु भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाइजर कुमार प्याकुरेलले बताए । उनले सडकको जगसमेत पहिरोले बगेपछि कार्यालयले मर्मत गरेर सुचारु गरेको जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट प्रदेश विराटनगर राजधानी आवतजावत् तथा उपभोग्य वस्तु ढुवानी रोकिएको थियो । ढुवानी रोकिँदा खाद्यान्न लगायत उपभोग्य वस्तु अभाव हुन थालेको थियो । सडक सुचारुसँगै ढुवानी तथा यात्रुवाहक सवारी पहाडी जिल्ला भित्रन थालेका छन् । सडक खुलेसँगै आवत जावत् र ढुवानीमा सहजता आएको उद्योग वाणिज्य संघका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्