झापाको भद्रपुरमा पोखरीमा डुबेर १२ बर्षीय बालकको मृत्यु

झापाको भद्रपुरमा पोखरीमा डुबेर १२ बर्षीय बालकको मृत्यु

झापा, श्रावण २६ ।

झापाको भद्रपुर नगरपालिका-१० का बासुदेव जोगीको १२ बर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट दिउँसो १ बजे नै हिडेका बालक बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा राती साँढे ८ बजे बिष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शवको उद्धार गरी कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि मेची अञ्चल अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्