ईटहरी यातायात कार्यालयमा टोकन मेसिन संचालनमा

<span class='c1'>ईटहरी यातायात कार्यालयमा</span> <span class='c2'>टोकन मेसिन संचालनमा</span>

ईटहरी, २७ साउन ।
सुनसरीको इटहरीस्थित यतायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखामा टोकन मेसिन सञ्चालनमा ल्याइएको छ ।
प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालयलाई उपलब्ध गराएको मेसिन आज औपचारिक कार्यक्रम गर्दै सञ्चालनमा ल्याइएको हो । प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले सेवाग्राहीलाई टोकन हस्तान्तरण गर्दै मेसिनको उद्घाटन गर्नुभयो । उहाँले सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने उद्देश्यस्वरुप टोकन मेशिन संचालनमा ल्याइएको बताउनुभयो । प्रमुख सचिव अधिकारीले यातायात ब्यवस्था कार्यालयको सेवा कार्यालयहरु उदयपुर र इलाममा खोल्ने क्रम जारी रहेको बताउनुहुंदै छिट्टै धनकुटाबाट समेत लाईसेन्स वितरण सुरु गरिने बताउनुभयो । उहाँले विभिन्न ठाउँका सेवाग्राहीलाई आफूलाई पायक पर्ने स्थानमै सेवा दिने पद्धतिको विकास गरिसकिएको प्रष्ट पार्नुभयो ।
यतायात ब्यवस्था कार्यालय,सवारी चालक अनुमतिपत्र शाखाकी बिन्दा नेपालले कार्यालयले प्रदान गर्ने सेवाहरुलाई जनमुखी र स्मार्ट बनाउने नीतिअनुरुप विभिन्न प्रकारका सुधारका कामहरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँले टोकन मेसिन सञ्चालनमा आएपछि लाइसेन्सका लागि बायोमेट्रिक दिन आउने सेवाग्राहीले घन्टौं लाइनमा लाग्नुपर्ने बाध्यता हटेको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ लाखको लागतमा टोकन मेशिन खरिद गरी यातायात ब्यवस्था कार्यालय झापा र सुनसरीलाई प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्