महाकुलुङमा एक युवा मृत अवस्थामा फेला

महाकुलुङमा एक युवा मृत अवस्थामा फेला

सोलुखुम्बु, २८ साउन ।
सोलुखुम्बु महाकुलुङ गाउँपालिका १ बुङमा एक युवा मृत अबस्थामा फेला परेका छन् । २० बर्षीय शुक्रकुमार राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिँडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचे स्थित जंगलको बिचमा रहेको बाटोमा उनि मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीयले मृत अबस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्