विराटनगरको महेन्द्र मोरङ कलेजका विद्यार्थीको यस्तो र्याली (फोटो फिचर)

विराटनगरको महेन्द्र मोरङ कलेजका विद्यार्थीको यस्तो र्याली (फोटो फिचर)

विराटनगर ।
विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिबिएमा अध्ययनरत विद्यार्थीहरुले सचेतनामूलक ¥याली निकालेका छन् ।
विद्यार्थीहरुको सहभागितामा साउन ३१ गते शुक्रबार स्थानिय विरेन्द्र सभागृहमा आयोजना गर्न लागिएको सामाजिक बिकृति र बिसंगति बिरुद्धकोे “स्पिक अप” कार्यक्रमको पूर्वसन्ध्यामा विद्यार्थीहरुले ¥याली निकालेका हुन् ।

कलेज परिसरबाट निकालिएको ¥याली रोडशेषचोकबाट जनआन्दोलन चोक हुँदै कलेजरोडबाट फेरि क्याम्पस परिसरमै पुगेर समापन भएको थियो । ¥यालीका सहभागी विद्यार्थीले सामाजिक विकृति र विसंगतिविरुद्ध नारा लेखिएको प्ले–कार्ड बोकेका थिए ।
सामाजिक सचेतनामा अभिवृद्धि गर्न र कार्यक्रमको विषयका जानकारी दिने उद्देश्यसहित ¥याली आयोजना गरिएको महेन्द्र मोरङ क्याम्पसका बिबिए कार्यक्रम संयोजक उद्गम मिश्राले बताउनुभयो । शुक्रबार हुने कार्यक्रममा विभिन्न कलेजमा बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सामाजिक बिकृतिबिरुद्ध नाटक र भिडियो प्रदर्शन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा कलेजमा बिबिएमा अध्ययनरत विद्यार्थीसहित सास्थम, इडेनबर्ग र मेरील्याण्ड कलेजका विद्यार्थीको समेत सहभागिता रहने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्