कोशी क्षेत्रका पशुमा भ्याक्सिनको तयारी , ५१ चौपाया एकसाथ मरेपछि तयारी

कोशी क्षेत्रका पशुमा भ्याक्सिनको तयारी , ५१ चौपाया एकसाथ मरेपछि तयारी

इनरुवा, साउन २९।

कोशी टप्पु वन्यजन्तु आरक्षको गरैया टापुमा पाँचदिन अघि ५१ चौपाया एकसाथ मरेपछि सो क्षेत्रको वस्तीमा पालिएका घरपालुवा चौपायामा भ्याक्सिन लगाउने तयारी थालिएको छ ।  संक्रमण फैलन नदिन पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुना छरिएकोेमा उक्त क्षेत्रका चौपायामा भ्याक्सिन लगाउने तयारीमा जुटेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ ।

पशुस्वास्थ्यकर्मी डा. मनोजकुमार महतोका अनुसार घरपालुवा पशुको हकमा मात्र भ्याक्सिन लगाइने छ । आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौंबाट मगाइएको र आउनासाथ टोली परिचालित हुने जानकारी दिनुभयो । समूह विभाजनको काम भैरहेको बताउने महतोले दुई हजार हाराहारी संख्याका चौपायामा भ्याक्सिन लगाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्