ओखलढुंगाामा बलात्कारको आरोपमा साउन महिनामा मात्रै तीन जना पक्राउ परे

<span class='c1'>ओखलढुंगाामा बलात्कारको आरोपमा साउन महिनामा मात्रै</span> <span class='c2'> तीन जना पक्राउ परे</span>

ओखलढुंगा –

बलात्कारको आरोपमा साउन महिनामा मात्रै ओखलढुंगाामा तीन जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरी जवान र ६५ वर्षीय वृद्ध पनि पक्राउ परेका छन् । किशोरी बलात्कार गरेको आरोपमा एक साता अघि प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् । यादवले जबरजस्ती करणी गरिरहेका बेला किशोरीका बुवाले फेला पारेपछि घटना बाहिर आएको थियो । यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरी बलात्कार गरेको खुलेको छ । आरोपित यादवलाई पक्राउ गरि कारबाही प्रक्रिाया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो ।

यस्तै, १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ पनि परेका छन् । चिशंखुगढी गाउँपालिका–६ भदौरेका अम्बरबहादुर मगर पक्राउ परेका हुन् । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

मगरले बालिकालाई प्रलोभनमा पारेर शौचालयमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । यसैगरी, साउन १ गते एक ३२ वर्षीया महिला बलात्कार गर्न खोजेको आरोपमा लिखु गाउँपालिका–८ का २७ वर्षीय विक्रम विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातको समयमा पीडित महिलाको घरको ढोका फुटाएर घरभित्र पस्न खोज्दा महिलाले होहल्ला गरेपछि बलात्कृत हुनबाट जोगिएकी थिइन् । उनैका उजुरीका आधारमा विष्ट पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनामाथि म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्