जनै पूर्णिमा अर्थात रक्षा बन्धनको कारण तराईको बजारमा उपभोक्ताहरुको भीड

जनै पूर्णिमा अर्थात रक्षा बन्धनको कारण तराईको बजारमा उपभोक्ताहरुको भीड

शिबशंकर मिश्र,
बारा, साउन ३० गते । जनै पूर्णिमा अर्थात रक्षा बन्धनको कारण तराईको बजारमा उपभोक्ताहरुको भीड बढेको छ ।
तराईका दिदीबहिनीहरू दाजुभाईको लागि राखी (रक्षा बन्धन) सहित उपहार, मिठाई लगायतका सामग्री खरिद गर्न बारा जिल्लाका ग्रामिण क्षेत्रबाट बजारमा आएपछि भीड बढेको हो । कलैयाको मुख्य बजार तथा ग्रामिणभेगका बजारमा आज दिनभर भीड बढेको छ ।
यसैबीचच जनै पूर्णिमा अर्थात रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश २ सरकारले साउन ३० गते एक दिनका लागी सार्वजनिक विदा दिने निर्णय गरेको छ । तराईको महान पर्वको रुपमा मनाइने रक्षाबन्धनको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले बुधवार विज्ञप्ति जारी गर्दै प्रदेश–२ मा पर्व मनाउन सार्वजनिक विदा दिएको घोषणा गर्नुभएको हो ।

तराई मधेशमा रक्षा बन्धनलाई बिशेष रुपमा मनाईने गरिन्छ । यस दिन दिदीबहिनीले दाजु भाईको हातमा राखी बाध्ने परम्परा रहेको छ । जनै पूर्णिमाको अवसरमा प्रदेश सरकारले देश विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमामा शुभकामना व्यक्ति गर्दै हर्षोउल्लासका साथ पर्व मनाउन आग्रह गरेको छ ।
दिदीबहिनीले आफनो दाजुभाइको लामो आयुको कामनागरि यो पर्व मनाउने गरिन्छ । सो अवसरमा दाजुभाइले दिदीबहिनीलाई उपहार समेत दिने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्