मोरङमा यस्तो : श्रम तथा रोजगार कार्यालय विभाजन गर्न उद्योगी र मजदुरबीच साझेदारी

मोरङमा यस्तो : श्रम तथा रोजगार कार्यालय विभाजन गर्न उद्योगी र मजदुरबीच साझेदारी

विराटगनर, साउन ३१ गते । मोरङका उद्योगी र टे«ड युनियन प्रतिनिधिहरुले विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विभाजन गर्न साझेदारी गर्ने भएका छन् ।  श्रम तथा रोजगार कार्यालय विराटनगरबाट वैदेशिक श्रम स्वीकृति शाखा र श्रम शाखाको सेवा सञ्चालनमा छ ।

बिहीबार भएको छलफलले एउटै कार्यालयबाट दुई छुट्टाछुट्टै प्रकृतिको सेवा दिनुपर्दा समस्या भएको भन्दै कार्यालय विभाजनको लागि पहल गर्ने सहमति गरेका हुन् । दुई पक्षबीच भएको छलफलमा श्रम शाखा स्थापना गरी नयाँ कार्यालय प्रमुखको व्यवस्था गर्न पहल गर्ने सहमति गरेको हो ।

श्रम तथा रोजगार कार्यालय विराटनगरबाट वैदेशिक पुनः श्रम स्वीकृिी दिने काम गत माघदेखि शुरु गरेको छ । विराटनगरबाट व्यवस्थित रुपमा सो सेवा प्रवाह हुँदै आएको छ भने सेवा प्रवाहमा खास समस्या छैन । उद्योग व्यवसायको क्षेत्रमा कार्यरत मजदुरहरुको समस्या समाधान गर्ने तथा उद्योगीहरुबीच समन्वय गर्ने कार्यलाई पनि कार्यालयले व्यवस्थित बनाएको छ ।

समन्वय केन्द्रका नयाँ प्रतिनिधिहरुको स्वागतकालागि आयोजित कार्यक्रममा सुनसरी–मोरंग औद्योगिक करिडोरमा उत्पन्न हुने श्रम समस्या आपसी सहमतिबाट समाधान गर्ने विगतको परम्परालाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

त्यस क्रममा संयूक्त ट्रेड युनियन समन्वय केन्द्र, प्रदेश नं. १ का अध्यक्ष किशोर धमलाले उद्योगी व्यवसायी र ट्रेड युनियनहरुबीच सहकार्य गर्दै श्रम ऐन, सामाजिक सुरक्षा ऐन र उपदान भुक्तानीको कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभएको थियो ।

श्रमिक र व्यवस्थापकबीचको  सम्वन्ध सुदृढ भएमात्र उत्पादकत्व अभिवृद्धि हुने भएकाले दुवै पक्ष्ँ समझदारीका साथ अघि बढ्नु पर्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।
छलफलमा श्रम समस्या आए उद्योग बन्द नगरी समाधान खोज्ने, श्रम ऐन र सामाजिक सुरक्षा ऐन क्रमश लागु गर्दै जाने र सबै उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई पंजिकरण गर्न आग्रह गर्ने सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्