झापामा गुडिरहेको टेम्पोमा आगालागी

झापामा गुडिरहेको टेम्पोमा आगालागी

झापा । झापा अर्जुनधारा नगरपालिका ६ भित्री सडक खण्डमा टेम्पोमा आगलागी हुदा टेम्पो पुर्ण रुपमा जलेको छ । आज बिहान अर्जुनधारा नगरपालिका ५ बस्ने गुरु प्रसाद न्यौपानेले चलाएको मे १ ह ५८६२ नम्बरको टेम्पोमा आकस्मिक आगो लागेको हो । पश्चिमबाट पुर्ब महानन्द चोक तर्फ जाँदै गरेको टेम्पोमा अचानक तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट टेम्पो पुर्ण रुपमा जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्