सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको ज्यान गयो

सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको ज्यान गयो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट सप्तकोशी नदीले बगाएर ११ बर्षिय बालकको ज्यान गएको छ । बराह क्षेत्र ६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशीले बगाएर ज्यान गएको हो । आज दिउँसो मेदिम सहित ५ जना बालबालिका नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो ।
घटनास्थलदेखि करिव ८ सय मिटर तल नदीले बालकलाई बगाउदै गरेको देखेका माछा मार्ने ब्यक्तिहरुले उद्धार गर्दा बालकको मृत्यु भईसकेको थियो । बालकको उद्दार हुनु भन्दा पहिला नै बालकको ज्यान गईसकेकोले बचाउन असफल भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरि रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्