पाथीभरा गोल्डकप: दोस्रो खेलमा बेलबारी विजयी, ताप्लेजुङ ११ पेनाल्टी सुटआउटमा पराजित

पाथीभरा गोल्डकप: दोस्रो खेलमा बेलबारी विजयी, ताप्लेजुङ ११ पेनाल्टी सुटआउटमा पराजित

ताप्लेजुङ ।  पाथीभरा गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा बेलबारी क्लब मोरङले ताप्लेजुङ ११ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।

खेलको निर्धारित समय ९० मिनेटमा कुनै टिमले गोल नगरेपछि पेनाल्टी सुटआउटमा बेलबारी क्लब मोरङ विजयी भएको हो । पेनाल्टी सुटआउटमा बेलबरी क्लब मोरङले ५ गोल गर्दा ताप्लेजुङ ११ ले ४ गोलमात्र गर्न सक्यो ।

प्रतियोगिता अन्तर्गत तेस्रो खेल फिदिम स्पोर्टिङ क्लब, पाँचथर र पहिलो खेलको विजेता रेडहर्स क्लब, इलामबीच सेमिफाइनल खेल हुने आयोजक समितिका सहसचिव टिकेन्द्र नेपालीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्