रंगेली नगरपालिकामा एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर !

रंगेली नगरपालिकामा एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर !

विराटनगर भदौ ११  । मोरङको रंगेली नगरपालिकाले एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर असुल्ने गरेको पाइएको छ ।

वडापिच्छै नै एउटै शीर्षको दस्तुरमा फरक दर लिने गरेको पाइएको छ । रंगेली नगरपालिका वडा नम्बर ५ का विनोदकुमार हलुवाईले घरबाटो सिफारिस दस्तुरबापत रु. पाँच सय २० रुपैयाँ बुझाएका छन् । जवकी सोही शीर्षकमा वडा नम्बर ३ ले सेवाग्राही प्रेमलता चिरनियासंग त्यो वडाले निवेदन तथा घरबाटो सिफारिस शीर्षकमा रु. पाँच सय १० रुपैयाँ लिएको छ ।

नगरपालिकाको आम्दानी संकेत नम्बर (२) १४२४३ उल्लेख भएको दस्तुर बुझाएको कागजातमा तिरेको दस्तुर भने फरक छ । हलुवाइले किन वडैपच्छिे एउटै सिफारिसमा बढी रकम लिइयो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् । हलुवाईसँग वडाका कर्मचारी दिपक मण्डलले सही गरी दस्तुर लिएका छन् । बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्