सरकारी छाप नै कीर्ते गर्ने एक झापाका युवा तीन वर्षपछि समातिए

<span class='c1'>सरकारी छाप नै कीर्ते गर्ने एक</span> <span class='c2'>झापाका युवा तीन वर्षपछि समातिए</span>

झापा भदौ १२ ,

सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई विसं २०७३ चैत २२ गते एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्