खुला दिसामुक्त क्षेत्रका मुख्य बजारमै छैन सार्वजनिक शौचालय

<span class='c1'>खुला दिसामुक्त क्षेत्रका मुख्य</span> <span class='c2'>बजारमै छैन सार्वजनिक शौचालय</span>

ओखलढुंगा । केही वर्षअघि तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको ओलढुंगाको सदरमुकामसहित मुख्य बजार र बसपार्कमा नै सार्वजनिक शौचालय छैन।  जिल्ला सदरमुकामको मुख्य बजारको रूपमा रहेको रमाइलोडाँडा बसपार्क, गोरुमारेभञ्याङ जिविस टोललगायतका स्थानमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा सास्ती खेप्नु परेको सिद्धिचरण नगरपालिका ९ का पहलमान खड्काले बताए । दैनिक एक हजार बढी यात्रु ओहोरदोहोर गर्ने रमाइलो डाँडामा सार्वजनिक शौचालय नहुँदा आसपासमै शौच गर्दा दुर्गन्ध फैलिएको छ। बजार क्षेत्र दुर्गन्धित हुँदा सरोकारवाला निकाय कानमा तेल हालेर बसेको खड्काको गुनासो छ। बजार क्षेत्र र बसपार्कमा  सार्वजनिक शौचालय नबन्दा बाहिरबाट आउने मानिसलाई शौच गर्न समस्या भएको लिखु गाउँपालिका ६ गाम्नाङटारका विक्रम भट्टराईले गुनासो गरे। जिल्ला सदरमुकाम ओखलढुंगाको पशुवधशाला भएको स्थानमा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषण गर्नुअघि नै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ८ लाख लगानीमा निर्माण गरेको सार्वजानिक शौचालय समेत संचालन हुन सकेको छैन।

त्यस्तै, चम्पादेवी गाउँपालिकाको घोराखोरी बजार, पोखरी भञ्ज्याङ, मोलुङ गाउँपालिकाको रामपुर बजार, सुनकोशी गाउँपालिकाको फलाटे र कोष भञ्ज्याङ क्षेत्र र मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजार क्षेत्रमा समेत सार्वजनिक शौचालय छैन। सदरमुकामको बजार र बस पार्कमा क्षेत्रमा सार्वजनिक शौचालय नहुनु दुःखद् भएको सिद्धिचरण नगरपालिका-११ का अध्यक्ष विनोद केसी बताउँछन्। सदरमुकाम क्षेत्रमा भएका सार्वजानिक शौचालय पनि प्रयोगविहीन भएको अवस्थामा पर्यटन वर्ष २०२० लाई सफल बनाउने भनिरहँदा जिल्ला भित्रने मुख्य ठाउँमा नै सार्वजनिक शौचालय नहुनु जिल्लावासीका लागि लाजमर्दा कुरा भएको भएको भन्दै यस विषयमा आफूले पहिल गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्