तेह्रथुम, १३ भदौ । म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुखलाई कार्यकक्षमै तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको तलब बृद्धिका लागि पटक–पटक माग गरेपनि बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददिराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरिएएको हो ।
तेह्रथुमको म्याङलुङ क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले क्याम्पस प्रमुख ददिराम न्यौपानेलाई दुई घण्टासम्म कार्यकक्षमै तालाबन्दी गरेका छन् । बिगतका केहीबर्षयता आफूहरुको तलब अत्यन्तै न्यून भएको भन्दै सेवा सुविधा बृद्धिका लागि क्याम्पस सञ्चालन समिति तथा क्याम्पस प्रमुखलाई पटक–पटक माग गरेपनि सुनुवाई नभएको प्राध्यापक तथा कर्मचारी आन्दोलन संयोजन समितिका सदस्य प्रकाश ढुंगानाले बताए ।
क्याम्पस प्रमुख न्यौपानेलाई दुईघण्टा पछि बाहिर निस्कन दिएपनि माग पूरा नभएसम्मका लागि क्याम्पस प्रमुखको कार्यकक्ष अनिश्चितकालका लागि बन्द गरिएको छ । प्राध्यापक तथा कर्मचारी आन्दोलन संयोजन समितिले भदौ ११ गतेसम्ममा तलब बढाईसक्न क्याम्पस सञ्चालन समितिलाई भनेको थियो । तर, कार्यन्वयन भएपछि प्राध्यापक तथा कर्मचारी आन्दोलनमा उत्रेका क्याम्पस प्रमुख दधिराम न्यौपानेले बताए ।
वि.स. २०३६ सालमा स्थापना भएको यो क्याम्पसमा २२ जना प्राध्यापक तथा कर्मचारी कार्यरत छन् । करीब ३ हजार विद्यार्थी अध्यययरत यस क्याम्पसमा शिक्षा, मानविकी तथा व्यावस्थापन बिषयमा पठन–पाठन हुदै आएको छ ।