पुर्बी नाकाबाट हुन्छ छेपारोको तस्करी, छेपारो तस्करी आरोपमा दुई नेपाली भारतमा पक्राउ

<span class='c1'>पुर्बी नाकाबाट हुन्छ छेपारोको तस्करी, छेपारो</span> <span class='c2'>तस्करी आरोपमा दुई नेपाली भारतमा पक्राउ</span>

भद्रपुर ।  टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ।

नेपाल-भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को टोली नेपाली दुई नागरिकलाई टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित पक्राउ गरेको हो। पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पक्राउ परेका दुवै नेपाली नागरिकलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाइएको छ। उनीहरूले टोक्यो जेको कहाँबाट कुन प्रयोजनका लागि ल्याएको हो भन्ने विषयमा केही खुलाएको छैन। टोक्यो जेको उनीहरूले नेपाल लैजान खोजको एसएबसीको आशंका गरेको छ। टोक्यो जेकोलाई घरेलु औषधिका रूपमा एड्स, क्यान्सर, दमजस्ता जटिल रोग निको पार्नेमा प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्