उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ८ पाँबुमा पिङ खेल्ने क्रममा साडीको पासो लागेर बालकको मृत्यु भएको छ । टेक बहादुर मगरको छोरा बर्ष १२ का शेर बहादुर मगर आफ्नै घरमा साडिको पिङ बनाई खेल्ने क्रममा साडिको पासो लागेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रौतामाईबाट गएको प्रहरीको टोलीले घटनाको बारेमा आवश्यक अनुसन्धान पुरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।