मानवीय संवेदना किन हराउदैछ ?

<span class='c1'>मानवीय संवेदना किन</span> <span class='c2'>हराउदैछ ?</span>

खोटाङ । खोटाङको दिक्तेल रुपाकोकट मझुवागढी नगरपालिकाले सामूदायिक कुकुरलाई पिटेर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दिक्तेल बजारमै एक जनाले डोरीले बाँधेर कुकरलाई भाग्न दिदैनन् भने अर्का एक व्यक्तिले ठूलो लठ्ठीले कुकुरलाई मार्ने प्रयास गरिरहेका छन् ।

नजिकै एउटा ट्र्याक्टर पनि छ, जसमा मारिएका कुकुर हालिएको छ । भिडियोमा कुकुर मरेपछि घिसार्दै ट्र्याक्टर तिर लगिरहेका छन् । यो भिडियो देख्ने सबैले दिक्तेल नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको विरोध गरिरहेका छन् ।

त्यस्तै छाडा पशु चौपायाको व्यवस्थापन गर्ने नाममा नेपालगञ्ज उपमहानगरपालिकाले चरम लापरवाही गरेको कारण सुर्खेतमा दर्जनौं गाई र गोरु मृत अवस्थामा फेला परेका छन् । सुर्खेत विरेन्द्र नगर नगरपालिकाको कटुवा जंगलको ठाडो भीरबाट गाई गोरु खसालिएको छ, जहाँ २५ वटा गाई र गोरु मृत भेटिएका छन् ।

५० भन्दा बढी गाई र गोरु घाइते अवस्थामा छन् । नेपालगञ्ज उपमहानगरपालिकाले ९१ वटा गाईगोरु आठ वटा ट्रकमा राखेर दैलेखको शिरस्थान लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2