भोजपुरमा पहिरोमा परी एक जनाको मृत्यु

<span class='c1'>भोजपुरमा पहिरोमा परी</span> <span class='c2'>एक जनाको मृत्यु</span>

भोजपुर भदौ १५ ,    भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा  बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा चोट लागेको र सो दुर्गम स्थलमा दोभानेबाट  स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको उक्त  कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए  । उनले भने, ‘शनिबार साँझ पहिरो परेर उहाँ घाइते हुनुभएको थियो, त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यमर्की पठाउने तयारी गर्दागर्दै मृत्यु भएको भन्ने जानकारी आएको थियो ।’

सोही पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए । मृतक विष्टको शवपरीक्षणका लागि सङ्खुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्