भ्रमण बर्ष २०२० को विराटनगरमा भब्य शुभारम्भ हुने, प्रदेश सरकारको तयारी तिब्र

भ्रमण बर्ष २०२० को विराटनगरमा भब्य शुभारम्भ  हुने, प्रदेश  सरकारको तयारी तिब्र

विराटनगर । प्रदेश सरकारले प्रदेश १ मा पर्यटन वर्ष २०२० को शुभारम्भलाई भव्य बनाउने भएको छ । प्रदेश १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले शुभारम्भलाई भब्य गर्न लागेको जनाएको हो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले उद्घाटनका लागि सबै उपसमितिहरुले कामलाई तिब्र बनाएको जानकारी दिए । उद्घाटनका लागि समिति र सरकारले सबै तयारी तिब्र पारेकोले उद्घाटन कार्यक्रम बिशेष रुपमा हुने उल्लेख गरे । उद्घाटन पछि प्रदेश सरकारले पर्यटनसँग सम्बन्धि गतिबिधिलाई समेत तिब्रता दिईने बताए ।visit 2020 pressmeet /picture by :Suman Suskera

२०२० को पहिलो दिन विराटनगर स्थित शहिद रंगशालामा १० हजार प्रदेशवासीको उपस्थितीमा भ्रमण वर्षको उद्घाटनको विषेश तयारी रहेको मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताए । उद्घाटनमा हेलिकोप्टरबाट पुष्प बृष्टि सँगै ड्रोन, हेलिकोप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराएर भब्य बनाउने तयारी छ । त्यस्तै सेना तथा प्रहरीले झण्डा र भ्रमण वर्षको लोगो आकारमा मार्चपास गर्नेछन् । प्रदेश १ चिनाउँने बृत्तचित्र र गीत पनि प्रस्तुत गर्ने आयोजकको तयारी छ ।
भ्रमण वर्षको उद्धघाटन कार्यक्रममा सहभागी हुन परराष्ट्र मन्त्रालय मार्फत छिमेकी देश भारतका प्रदेश १ सँग जोडिएका प्रान्त प्रमुख सहित पर्यटन व्यवसायीलाई पनि निमन्त्रण गरिएको छ । प्रदेश १ का १४ वटै जिल्लामा उत्पादित बस्तुको स्टल पनि राख्ने तयारी छ भने विभिन्न जात जातिको झाँकी, साइकल÷मोटरसाइकल ¥यालीको पनि आयोजना गरिएको अधिकारीले जानकारी दिए ।
पुस १६ जनवरी १ तारिखको मध्यान्न १२ वजे उद्धघाटन गर्ने र त्यस पछिका दिनमा प्रदेश १ का विभिन्न जिल्लामा जिल्लालाई चिनाउँने महोत्सव, मेला र पर्यटक स्वागत सत्कार लगायतका कार्यक्रम गरिने मन्त्रालयका सचिव सञ्जिव कुमार राईले बताए ।
भ्रमण वर्ष २०२० मा प्रदेश १ ले पाँच लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । प्रदेश १ सरकारले आफैले पनि २० लाखसम्म पर्यटक एकै बर्षमा ल्याउन सक्ने पर्यटकीय तथा धार्मिक क्षेत्रहरु रहेको धार्मिक तथा सास्कृतिक व्यवस्थापन उपसमितिका संयोजक भविश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्