विराटनगरमा चारजनाले शुरु गरे १० रुपैयाँमै भरपेट खानाखाने ब्यवस्था (भिडियो सहित )

विराटनगरमा चारजनाले शुरु गरे १० रुपैयाँमै भरपेट खानाखाने ब्यवस्था (भिडियो सहित )

विराटनगर । हरेक घरको पीडा एउटै हुन्छ, महँगीले डाँडो काट्यो । तलव थोरै भयो अब जीवन कसरी चलाउने । बिद्यालयको फिस महँगो भयो अब कसरी पढाउने ? अनी खाद्यान्न सामाग्रीको मुल्य आकाशियो गरिबको अगेनो बलेन भन्ने समाचारहरु प्रसस्तै आए । हुन पनि अहिलेको बजार मुल्य त्यस्तै नै छ। आर्थिक अबस्था कमजोर भएकाहरुको दैनिकी एकदमै कष्टकर बनेको छ । तर विराटनगरमा १० रुपैया मै भरपेट खाना खान पाइन्छ भन्ने कुरा सुन्दा तपाईलाई पत्याउनै गाह्रो पर्नसक्छ ।
तपाई हामीले हरेक दिन खाँदै आएको खाना छाकको न्युनतम पनि ६० रुपैयाँ भन्दा तल खानै पाईँदैन । ठुला होटलमा एक छाककै प्रतिब्यक्ति १५ सय भन्दा बढी लिएको पनि पाईन्छ । तर विराटनगरको कालीमन्दीर अगाडी १० रुपैयामा भरपेट खाना खाने ब्यवस्था मिलाईएका छ ।
विराटनगर ७ का सामाजसेवी दिलिप धाडेवाको अगुवाईमा विराटनगरमा १० रुपैयामा सादा खाना खाने ब्यवस्थाल मिलाईएको हो । कुनै समय राजापा नेपालका सहमाहामन्त्री समेत भएका धाडेवाले बुधबारबाट १० रुपैयाँमा नै राजमाको तरकारी र वासमती चामलको खाना बेच्न थालेको बताए ।
विराटनगर मेनरोड स्थित काली मन्दिर अगाडी टेवल राखेर खाना बेच्न सुरु गर्नेमा बिराटनगरका चारजना छन् । ठूला होटलमा सबै वर्गका मानिसले किनेर खाना नसक्ने भएका कारण सस्तो मुल्यमा सबैले भरपेट खाने ब्यवस्था मिलाउनको लागि यो अभियानको थालनी गरिएको धाडेवाले बताए ।
विराटनगरका व्यापारी नन्दकिशोर तापडिया, पवन अग्रवाल, मोहन गुप्ता र दिलिप धाडेवाले संयुक्त रुपमा नयाँ कामको थालनी गरेका हुन् । यो अभियानलाई विराटनगरका अन्य स्थानहरुमा समेत लग्ने र सस्तो मुल्यमा खाना उपलब्ध गराउने तयारी भईरहेको धाडेवाको भनाई छ ।

सस्तो मुल्यमा खाना खाने ब्यवस्था मिलाईएपछि खाना खान आउनेहरुको संख्या बढ्न थालेको छ । पहिलो दिन मात्र ४ सय ३९ जनाले खाना खाएका छन् ।

https://www.facebook.com/ourbrt/videos/2281013805533070/?v=2281013805533070

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्