प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भ, बिद्यालयमा जंङ्फुुड निषेध

प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भ, बिद्यालयमा जंङ्फुुड निषेध

विराटनगर । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भ भएको छ । प्रदेश सरका सामाजिक विकास मन्त्रालयको आयोजनामा बिराटनगरबाट स्वास्थ्य जीवन स्वच्छ, सुखी र समुन्नत प्रदेशको आधार भन्ने मूल नाराका साथ यो अभियान शुरु भएको हो ।
औषधीको रुपमा प्रयोग हुने घ्यु कुमारीको बोटमा पानी हालेर संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुभारम्भ गर्दै कर्मचारीका कारण स्वास्थ्य क्षेत्र समस्याग्रस्त भएको आरोप लगाए ।उनले स्वास्थ्य क्षेत्रभित्र पनि धेरै खालका समस्याहरु रहेको औँल्याएका छन् । सरकारी अस्पतालहरुले राज्यको लगानीमा खेलबाड गरेको बताएँदै कतिपय राज्यले लगानीलाई सही सदुपयोग नगरिएकोमा दुःख ब्यक्त गरे । ‘सरकारी अस्पतालमा रहेका ठुला मेसिनहरु विग्रिन्छन, उनले भने, ‘अर्को निजी अस्पतालले सेवा लिईरहेको तर जनताको भविष्यसँग खेलेको छ, यसले गर्दा राज्यले लगानी गरेको संस्थाको दुरुपयोग भएको छ ।’
कर्मचारी प्रति असन्तुुष्टी ब्यक्त गरेका मन्त्री ढकालले कर्मचारीको शैली प्रति उनले १०–५ हाजिर गर्ने र हिड्ने प्रबृति मौलाएको बताए । १०–५ को परिभाषा आधुनिक भएको र सेवा ग्राहीहरुसँग त्यो खालको ब्यवहार नभएको उनले औल्याए । कुनै कार्यालयमा जादाँ कर्मचारी घाम तापेर बस्ने तथा फेसबुक हेरेर समय बिताउने गरेको आरोप लगाउँदै प्रबृति नै गलत भएको कारण समस्या आएको बताए ।
स्वास्थ्य क्षेत्रमा देखिएको कर्मचारी समायोजनको समस्यालाई चाँडै समाधान गरिने बताएका छन् । कर्मचारी क्षेत्र भित्र समायोजन गर्दा अस्पतालमा कार्यरत कर्मचारीहरु तालिम लिएका दक्ष जनशक्ति स्थानीय तहमा पठाइदिदा सुई लगाउँदै हिड्नु पर्नेलाई फाईल बोकाईएकोले प्राबिधिक क्षेत्रका ब्यक्तिलाइै प्राबिधिक क्षेत्रमा नै ल्याईनु पर्ने स्पष्ट पारे । उनले त्यस्ता क्षेत्रका कर्मचारीहरुलाई पनि समायोजन गरेर प्राविधिक क्षेत्रमा नै पठाउने निर्णय गरेको बताए ।
मन्त्री ढकालले जनप्रतिनिधिहरुले जनमतबाट पाएको पदलाई दुरुपयोग गर्न नहुने बताएका छन् ।
यसैबिच प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलले प्रदेश सरकारले सबै बिद्यालयहरुमा जङ्गफुड निषेध गर्ने निर्णय गरिसकेको बताएका छन् । बालबालिकालाई नै स्वास्थ राख्नका लागि यो अभियान ल्याउन लागिएको बताएका हुन् । अब बन्न लागेको स्वास्थ्य कानुनले स्वास्थ्य र सरसफाईसँग सम्बन्धित बिषयलाई कडाईका साथ ल्याउन लागिएको बताए । आफ्नो घरबाट निस्किएको फोहोरलाई ब्यवस्थित नगरे कानुनी कार्वाही तथा दण्ड जरिजाना गर्ने सहितका कानुनी ब्यवस्था गर्न लागिएको मन्त्री घिमिरेको भनाई छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले १३७ पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश सांसद, मन्त्रालय, योजना आयोग लगायतका सबै क्षेत्रका सरोकारवालालाई बोलाएको थियो । सहभागीले स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भसँगै त्यसलाई कार्यान्वायन गराउने बारेमा समेत सबैले प्रतिबद्धता जनाएका छन् । यो सँगै सामाजिक विकास मन्त्रालयले स्वास्थ्य अभियानमा तेश्रो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको छ । यस अघि जाँड रक्सी, चुरोट खैनी समेत सेवान नगर्ने बारेमा मुख्यमन्त्री सहितका सरोकारवाले हस्ताक्षर गरेका थिए । त्यस पछि सार्बजनिक क्षेत्रमा हुने फोहोर ब्यवस्थापनको बारेमा प्रदेश १ का कार्यालयका प्रमुखले आफ्नो कार्यस्थललाई सफा राख्ने बारेमा प्रतिबद्धता जनाएर हस्ताक्षर गरेका थिए । यो कार्यक्रमबाट स्थानीय तहका सबै जनप्रतिनिधि र सांसदले आफु स्वस्थ रहने देखि आफ्नो घर आँगन र पालिका तथा निर्वाचन क्षेत्र नै स्वास्थ राख्ने बारेमा प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्