विराटनगर महानगरपालिकामा आज सार्बजनिक बिदा, बिद्यालय र महानगर विदा हुने

विराटनगर महानगरपालिकामा आज सार्बजनिक बिदा, बिद्यालय र महानगर विदा हुने

विराटनगर । विराटनगर महानगरपालिकाले बिहिवार सार्बजनिक बिदा दिएको छ । बिहिवार खण्डग्रास सूर्यग्रहण लाग्ने भएपछि महानगरपालिकाले सूचना जारी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७६ पुस ९ गतेको निर्णय अनुसार पुस १० गते बिहिवार खण्डग्रास सुर्यग्रहण लाग्ने भएकोले विराटनगर महानगरपालिका कार्यपालिका कार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयहरु तथा महानगरपालिकाका सम्पुर्ण शिक्षण संस्थालाई सार्बजनिक बिदा दिईएको महानगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । प्रशासन शाखा प्रमुख केवल पोखरेलद्धारा जारी सार्बजनिक सुचनामा विदा हुने उल्लेख छ ।
यसैबिच इलामको माङसेबुङ गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्ने भएपछि पालिकाले सूचना जारी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ग्रहण लागेको समयमा बाहिर निस्कन हानिकारक हुने वैज्ञानिक सुझाव रहेको र कार्यालयको कामकाजमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।
यता गृह मन्त्रालयले भने बिहीबार सार्वजनिक बिदा नहुने जनाएको छ । चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) लाई नै ग्रहण मानिन्छ । ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको हुन्छ । ज्योतिषीय भाषामा ग्रहणले पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ । बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म झण्डै तीन घण्टा सूर्यग्रहण लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्