बिराटनगरको आजको न्यूनतम तापक्रम ७.८ डिग्री, काठमाडौंमा तापक्रम १ डिग्री पुग्यो

बिराटनगरको आजको न्यूनतम तापक्रम ७.८ डिग्री, काठमाडौंमा तापक्रम १ डिग्री पुग्यो

काठमाडौं पुस १०। बिराटनगरमा अत्यधिक चिसो बढेको छ । बिराटनगरमा आज बिहान ७.८  न्यूनतम तापक्रम मापन गरिएको छ ।

मौसम बिभागका अनुसार आजको अधिकतम तापक्रम २४.४ डिग्री तापक्रम मापन गरिएको छ ।

यता ,उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमाडौंको तापक्रम १ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । मौसम विज्ञान विभागले बिहीबार बिहान गरेको मापनमा यो वर्षकै सबैभन्दा कम तापक्रम हो । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइनस ६.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाडौंको आज दिउँसोको तापक्रम भने १६ देखि १८ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ । यसअघि बुधबार पुस ९ गते काठमाडौंको न्यूनतम तापक्रम २.९ मापन भएको थियो ।

आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्