बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमसको इभेन्ट

बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमसको इभेन्ट

बिराटनगर पुस १० ।

बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस इभेन्ट आयोजना गरिएको छ ।

बुधबार कलेजमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न खाना,खेल साथै ओपन माइक मार्फत बिभिन्न सांगितिक कार्यक्रम साथै स्ट्याण्ड अप कमेडी लगायतका कार्यक्रम गरेका थिए  । साथै बिद्यार्थीहरुलाई बिभिन्न इभेन्ट्स र खेलकुद क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर , हेराल्ड कलेज काठमाडौँ, इस्लिंग्टन कलेज काठमाडौँ, , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्