विराटनगर । विराटनगर २ मा रहेको सेन्टजोसेफ प्लस टु होटल मेनेजमेन्ट संकायका विद्यार्थीहरुलाई ४ दिने शैक्षिक अवलोकन गराएको छ । कलेजमा पढेका किताबी ज्ञानलाई व्यावाहारिक रुपमा उर्तान कलेजले विद्यार्थीहरुलाई पोखराको ४ तारे होटलमा लगेर प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई अध्ययन तथा अवलोकन गराएको थियो ।

कलेजले पहिलो दिन पोखराको चारतारे होटल ल्याण्डमार्कमा सेमिनार गर्नुको साथै चारतारे होटल भित्र रहेका विभिन्न विभागमा विभागिय प्रमुखहरुले होटलको बारेमा प्रशिक्षण गराएको थियो । विद्यार्थीहरुले ठूला होटलका बारेमा ज्ञान हासिल गर्नुका साथै प्रयोगत्मक रुपमा पनि अध्ययन गरेका थिए ।
विद्यार्थीहरुले कलेजमा अध्ययन गरेको सैद्धान्तिक ज्ञानले मात्र नभएर व्यावहारिक रुपमा विद्यार्थीहरुको क्षमता वृद्धी गराउन पोखरा लगिएको सेन्टजोसेफ कलेज होटल मेनेजमेन्ट विभागिय प्रमुख मनोज राजवंशीले जानकारी दिनुभयो ।

यसका साथै आँउदै गरेको ‘पर्यटन वर्ष २०२०’ लाई पनि टेवा पुग्ने उद्धेस्यका साथ विद्यार्थीहरुलाई पोखरा र चितवनका रमणीय स्थलहरुको भ्रमण गराइएको थियो । शैक्षिक अवलोकनमा कलेजमा अध्ययनरत ८६ जना विद्यार्थी सहित शिक्षकहरुको समेत सहभागिता रहेको सेन्ट जोसेफ कलेजले जनाएको छ ।