प्रदेश १को पर्यटन प्रर्वद्धन गर्ने यी नौ जना हुन् सद्भावना दुत नियुक्त भएका

प्रदेश १को पर्यटन प्रर्वद्धन गर्ने यी नौ जना हुन् सद्भावना दुत नियुक्त भएका

विराटनगर । प्रदेश १ ले नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी बनाउँदै त्यसको प्रवद्धनका लागी ९ जना सद्भावना दुत नियुक्त गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश १ प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा , ५ साहसिक खेल अल्ट्रा म्याराथुन विधाको माध्याबाट विश्वमा ख्याति कमाएकी मिरा राई सहित अन्य ९ जनालाइ सद्भाटना दुतमा नियुक्त गरेका हो ।
नियुक्त हुनेमा एसिया यूनिभर्स २०१७को प्रथम उपाधि प्राप्त गर्ने पिङ्की राजगरिया , विश्वका ८ हजार मिटर भन्दा माथि उचाईका १४ वटा हिमालको आरोहण गर्न सफल मिङ्मा शेर्पा , मिङमा ग्याबु शेर्पा, छाङ्दावा शेर्पा र सानु शेर्पा, नेपाली कलाकारीता क्षेत्रमा योगदान पु¥याउने दिपाश्री निरौलाका साथै नेपालकै सबैभन्दा अग्ला व्यक्तिको रुपमा परिचित राजन अधिकारीलाई नियुक्त भएका हुन् । प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यी ब्यक्तीलाई सद्भावना दुतको रुपमा नियुक्त गरिएको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्