प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा दिए छुट

प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा दिए छुट

विराटनगर । ‘भिजिट नेपाल २०२०’ को अवसरमा प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा छुट दिएका छन् । होटल एसोसिएसन नेपाल र क्षेत्रिय होटल संघमा आबद्ध होटल व्यवसायीले खानामा १५ प्रतिशत र रुममा ३० प्रतिशत छुट दिएका हुन् ।

यो छुट बाह्य पर्यटकका लागि भएको क्षेत्रिय होटल व्यवसायी संघका सचिव भविष श्रेष्ठले बताए । ‘हामिले २०२० को वर्षभरी नेपाल बाहेकका देशबाट घुम्न आउने पर्यटकलाई यो सुविधा दिएका छौँ,’ सचिव श्रेष्ठले भने ‘भिजिट नेपाल २०२० लाई सफल बनाउन र पर्यटकलाई सहज होस भन्ने हाम्रो चाहना हो ।’

नेपालले अभियानकै रुपमा मनाएको भ्रमण वर्षमा पर्यटकको नेपाल बसाई लम्व्याउन पनि यो निर्णयले सघाउ पु¥याउने होटल एसोसिएसन नेपालका अध्यक्ष राजन श्रेष्ठले बताए । ‘पर्यटकको नेपाल बसाईलाई लम्व्याउन र धेरै पर्यटक घुम्न आउन भन्ने उद्धेश्यले पनि हामिले वर्ष भरिलाई छुटको व्यवस्था गरेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्