प्रदेश नम्बर १ स्तरिय युवा सम्मेलन पुस १३ र १४ गते बिराटनगरमा हुने

प्रदेश नम्बर १ स्तरिय युवा सम्मेलन पुस १३ र १४ गते बिराटनगरमा हुने

विराटनगर । प्रदेश नम्बर १ स्तरिय युवा सम्मेलन बिराटनगरमा हुने भएको छ । यहि पौष १३ र १४ गते हुने युवा सम्मेलनको तयारी तिब्र पारिएको हो । परिवर्तनका लागि हाम्रो अभियान र नेपाल युवा परिषद प्रदेश १ को संयुक्त आयोजनामा हुने युवा सम्मेलनमा बिभिन्न क्षेत्रका युवाहरुको उपस्थिती रहनेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहमा प्रदेश १ का मन्त्रीहरुको समेत उपस्थित रहने उद्घाटनमा १४ जिल्ला बाटै युवा प्रतिनिधिहरुको सहभागीता हुने परिवर्तनका लागि हाम्रो अभियानकी वरिष्ठ उपाध्यक्ष रीता न्यौपानेले जानकारी दिईन् ।
आयोजकले केही नयाँ सोच र आफैँले नेपालमा नै केही गरेका युवाहरुलाई सम्मेलनमा सहभागीताको लागि आब्हान गरेको छ । कार्यक्रममा आाउने सहभागीहरुको लागि खाने बस्ने ब्यवस्था गरिएको न्यौपानेले बताईन् । प्रादेशिक युवा सम्मेलन बारेमा आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी आयोजकको छ। विराटनगरको उद्योग संगठन मोरङको सभा हलमा हुने सम्मेलनलाई भब्य बनाउनको लागि बिभिन्न समुह तथा समितिहरुले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्