सुनसरी जिल्ला अदालत बाहिर बलात्कार आरोपी कृष्णदासको पक्ष र विपक्षमा जुहारी (भिडियो सहित)

सुनसरी जिल्ला अदालत बाहिर बलात्कार आरोपी कृष्णदासको पक्ष र विपक्षमा जुहारी (भिडियो सहित)

विराटनगर । बलात्कार आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीका पक्ष र बलात्कृत महिलाका पक्षले सुनसरी जिल्ला अदालत बाहिर दिनभर नै प्रदर्शन गरे ।
कृष्णदास विरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्याइएका कृष्णदासको पक्षमा र कृष्णदासबाट बलात्कृत भनिएकी महिलाका पक्षमा आएको समुहले नाराबाजी गरेको थियो । महिलाका पक्षमा महिला अधिकारकर्मीले दिनभर नै नाराबाजी गरेका थिए । बलात्कारी कृष्णदासलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै महिला अधिकारकर्मीहरूले मौन धर्ना समेत दिए ।
यता, सिद्धबाबाका पक्षधरले चर्को नाराबाजी गरेका छन् । ‘जगतगुरु रामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महोयोगी, सिद्धबाबाको जय’ लेखिएको फ्लेक्स बोकेर कृष्णदासको पक्षमा नाराबाजी भएको थियो । रामानन्दचार्यको जयजयकार गर्दै उनीहरुले भगवानको भजन कृर्तन समेत गाएका थिए ।
सुनसरी प्रहरीले दुई पक्ष विच झडप नहोस भनेर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । शुक्रबार दिन सुनसरी जिल्ला अदालत ईनरुवामा दुइपक्ष बिच भनाभन नै भएको थियो ।
गत मंसिर १६ मा पक्राउ परेका गिरीविरुद्ध बिहीबार जिल्ला अदालत सुनसरीमा जबर्जस्तीकरणी मुद्दा पेस गरिएको हो । गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको विराट नर्सिहङमा राखेर अनुसन्धान गरिएको थियो । कृष्णदासको शुक्रबार बयान सकिएको छ ।
उनको आईतबार देखी थुनछेक बसह सुरु हुनेछ । उनलाई प्रहरीको हिरासतमा राख्न छोडेर विराटनगरको विराट नर्सिङ होमको भिआइपी कक्षमा विरामीको बहाना बनाउदै उपचार गरिदैछ ।

https://www.youtube.com/watch?v=E9j0sSnV2Ts&fbclid=IwAR0ubiMXXD2pB8fG-dDdQtZGvQlyL-lDlJer9ikF3rRcSZIsBSvkKjKaD7E

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्