प्रहरी जवानको शव वडा प्रहरी कार्यालय विराटनगरको शौचालयमा भेटियो

<span class='c1'>प्रहरी जवानको शव वडा प्रहरी</span> <span class='c2'>कार्यालय विराटनगरको शौचालयमा भेटियो</span>

विराटनगर । प्रहरी जवान सञ्जिव खड्काको शव शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको छ। शुक्रबार दिउँसो उनी कार्यरत रहेको वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको शौचालयमा चुक्कुल र घाँटीमा मखलर (गाम्छा) को पासो लगाएर बलोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार खड्काले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। एसपी अधिकारीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए। ‘प्रहरी जवानलाई बचाउनका लागि धेरै प्रयास गरिएको थियो। अन्तिममा शौचालयमा झुन्डिएको अवस्थामा शव भेटियो।’

खड्काको शव परिवारका सदस्य आएपछि जिम्मा लगाउने गरी कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ। खड्का चार दिनदेखि मात्रै वडा प्रहरी कार्यालयमा कार्यरत थिए। प्रहरीकाअनुसार खड्काले केही दिन अघिदेखि टोलाउने, एकसुर भएर हिँड्ने, साथीभाईहरुसँग त्यति नबोल्ने, एक्लै बस्न रुचाउने जस्ता गतिविधि गरिरहेका थिए।

‘आफ्नै छातीमा गोली हानेर आत्महत्या प्रयास’
खड्काले एक वर्षअघि मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत रहँदा आफ्नै छातीमा गोली प्रहार गरेका थिए। उर्लाबारीनै दरबन्दी भएका उनले २०७५ पुस ९ गते ‘थ्रिनट थ्री’ राइफलबाट छातीमा गोली प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए। स्वास्थ्य अवस्था ठीक भएपछि काममा फर्किएका उनले पछि आफैले आत्महत्याको प्रयास गरेको बताएका थिए। अनुसन्धानबाट पनि आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको खुलेको थियो। आत्महत्याको प्रयास गरेपछि उनलाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका कारण उनलाई हतियार बोकेर ड्युटी गर्ने जिम्मेवारी भने दिइएको थिएन।

एसपी अधिकारीकाअनुसार आफ्नै छात्तीमा गोली हानेपछि पनि पटक–पटक उनले आत्महत्याको प्रयास गरेका थिए। ‘कहिले ढुंगामा आफ्नो टाउको ठोक्काउने त, कहिले डोरी लिएर झुन्डिन जाने जस्ता हर्कत खड्काले गरिरहन्थे,’ उनले भने, ‘जुनसुकै बेला मानसिक तनावमा रहने र विक्षिप्त अवस्थामा प्रस्तुत हुने गरेका कारण आवश्यक उपचार गराउने तथा सिनियर प्रहरी अधिकृतबाट मनोपरामर्श दिने काम जारी थियो।’ किशोरर बुढाथोकी, अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्