सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री विराटनगरमा

सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री विराटनगरमा

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिवार विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको भेला बोलाएका छन्।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अगुवाईमा पुस १२ गते विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, सचिव र मुख्य न्यायधिवक्ताका वीचमा छलफल हुन लागेको हो। सो भेलाका लागि अन्य प्रदेशका मन्त्री,सचिव र न्यायधिवक्ता शुक्रबार बिराटनगर आएकाछन्।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलका अनुसार हालसम्म बनाइएका कानून, तिनको कार्यान्वयन र अनुभव आदान प्रदान हुनेछ। यसअघि प्रदेश-३ का आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेलको अगुवाईमा हेटौडामा सात वटै प्रदेशका मन्त्रीहरुको छलफल भएको थियो।

संघीय संसदले पारित गरेको संघीय प्रहरी कानूनसँग नबाझिने गरी प्रदेश ३ मा प्रदेश प्रहरी सम्बन्धी बिधेयक तयार पारी छलफलमा ल्याएको छ। यसअघि प्रदेश २ सरकारले बनाएको प्रदेश प्रहरी सम्बन्धी कानून संघीय प्रहरी ऐन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन।

अन्य पाँच वटा प्रदेशले प्रदेश प्रहरी सम्बन्धी कानूनी मस्यौदा तयार पारी छलफलमा ल्याएका पनि छैनन्। प्रदेश-५ ले बनाएको संघ संस्था दर्ता सम्बन्धी कानून संघीय गृहमन्त्रायको निर्देशनपछि लागू नहुने अवस्थामा पुगेको छ। संविधान अनुसार संघीय कानूनसँग नबाझिने गरी प्रदेशले कानून बनाएर लागू गराउन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्