बिराटनगर , पुस १२ । शनिबार बिराटनगरको न्यूनतम् तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिराटनगरमा केहि दिन यता चिसो बढेको छ भने बिहानैबाट बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।
जसका कारण बिराटनगरबाट बिभिन्न ठाउँ जाने बिमानको बिमान तालिका प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगरको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।
यता , शनिबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।