साकेला सिली नाच्दै सकियो विराटनगरमा उद्यौली पर्व

साकेला सिली नाच्दै सकियो विराटनगरमा उद्यौली पर्व

विराटनगर । किरात धर्मालम्बीहरु राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको महान पर्व उद्यौली साकेला सिलि नाच्दै समापन गरिएको छ ।
विराटनगर ३ स्थित चिनारी मार्गमा किरात सेवा समाज विराटनगरले आयोजना गरेको साकेला सिली प्रशिक्षणसँगै उद्यौली पर्व समापन गरिएको हो ।

विराटनगरको उत्तर भेगमा बसोबास गर्दै आएका राई समुदायले एक महिना सम्म साकेला सिलिको समेत प्रशिक्षण लिएका थिए । एक महिने प्रशिक्षण कार्यक्रममा राई समुदायका महिला तथा पुरुषहरुले आ– आफ्नो संस्कृति झल्कने पोसाकमा सजिएर साकेला सिली नाच्न व्यास्त देखिन्थे ।
अब आउने पुस्तालाई आफ्नो समुदायको कला र सस्कृतीको बारेमा जानकारी गराउने उद्धेस्यका साथ एक महिना साकेला सिली प्रशिक्षण गरिएको किरात सेवा समाज विराटनगरका अध्यक्ष हरि चाम्लिङ राईले जानकारी दिनुभयो ।

एक महिना सम्म जारी साकेला सिली प्रशिक्षणलाई विराटनगर महानगरपालीका वडा नम्बर एकले आर्थिक सहयोग गरेको थियो । प्रशिक्षण कार्यक्रममा दुई दर्जन राई समुदायका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्