बालबालिकाको क्षमता विकासका लागि विराटनगरमा किड्स कार्निवल

<span class='c1'>बालबालिकाको क्षमता विकासका लागि</span> <span class='c2'>विराटनगरमा किड्स कार्निवल</span>

विराटनगर । किडल्स् लर्न प्ले एण्ड ग्रो समुहको किड्स कार्निवल २०१९ सम्पन्न भएको छ । विराटनगरस्थित अतिथि सदनमा शनिबार एक दिने किड्स कार्निवल २०१९ आयोजना भएको हो । उक्त कार्निवलमा प्रवेश शुल्क ५० रुपैया राखिएको थियो भने बच्चाहरुलाई शिप विकास र नेतृत्व विकासका लागी उक्त कार्यक्रमको आयोजना गरीएको किडल्स् लर्न प्ले एण्ड ग्रोको सदस्य प्रियङका चेनवालाले बताइन ।
कार्निवलमा बालबालिकाहरुले बनाएका चित्रकला , हस्तकला तथा आफ्ना शिपहरु प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा भएको कला प्रदर्शनी , नृत्य , र खेल मनोरञ्जनले बालबालीकालाई निकै आक बनाईएको थियो । कार्निवलमा विराटनगरका निजि स्कुलका ८ वटा विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रकारका स्टलहरु राखेका थिए । कार्निवलमा ५ सय भन्दा बढी व्यक्तिले मेला अवलोकन गरेको आयोजकले जनाए ।

किडल्स् लर्न प्ले एण्ड ग्रो समुहले विगत २ वर्षदेखि बालबालिकाको नेतृत्व विकास र सिप विकासका लागी विभिन्न प्रकारको कार्यक्रमहरु फरक फरक तरिकाले गर्दै आएको चेनवालाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्