विराटनगर प्याब्सनको प्रथम साधरण सभा, सीप र प्रबिधियुक्त शिक्षामा जोड

विराटनगर प्याब्सनको प्रथम साधरण सभा, सीप र प्रबिधियुक्त शिक्षामा जोड

विराटनगर । प्याब्सन विराटनगरको प्रथम साधारणसभा बिराटनगरमा भएको छ । शनिवार भएको साधारण सभालाई विराटनगरमा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुरीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर अगाडी बढनुपर्ने बताए । शिप र संस्कार सहितको शिक्षा आजको आवश्यता भएको अध्यक्ष पुरीले बताएका छन् । प्याब्सन विराटनगरको शनिबार भएको प्रथम साधरण सभाको उद्घाटन शत्रमा बोल्दै प्याब्सन अध्यक्ष पुरीले पूँजीको विकास गरि निजी विद्यालयहरू परिमार्जित गरि संस्थागत तरिकाले चलाउनु पर्ने बताए ।
विद्यालय भाडाको भवनबाट संचालनमा आएको भए त्यसलाई सफा र आकर्षक बनाउनु पर्ने उल्लेख गरे । ‘विद्यालय शिक्षालाई सीप र प्रविधिसँग जोडेर अगाडी बढाउनुको विकल्प छैन’ अध्यक्ष पुरीले भने, प्याब्सनले पनि शिक्षालाई सीपसँग जोडेर लैजाने विषयमा अगाडी बढीसकेको छ ।’
काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरेर शिक्षालाई सीपसँग जोडेर अगाडी बढ्ने विषयमा राष्ट्रिय सेमिनरको तयारी गरिरहेको जानकारी दिए । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्याब्सनलाई राजनैतिक नभई व्यवसायीक रुपमा संचालन गरिनुपर्ने बताए । यस्तै विराटनगर महानगरपालिका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले महानगरपाकिाले शिक्षा ऐन बनाउने क्रममा रहेकोले बताए । उनले सबैको साथ, सहयोग र सुझाब संकलन गरि शिक्षा एने बनाउने जानकारी दिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिब राजेश कुमार दास, सदस्य बासुदेव न्यौपाने, सल्लाकार डा. उद्धब पोखरेल, प्याब्सन जिल्ला अध्यक्ष अर्जुन बस्नेतलगायले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयले ठूलो योगदान पु¥याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्