पेस्तोल र बिष्फोटक पदार्थ सहित तीन जना पक्राउ

<span class='c1'>पेस्तोल र बिष्फोटक पदार्थ</span> <span class='c2'>सहित तीन जना पक्राउ</span>

विराटनगर । प्रहरीले पेस्तोल र बिष्फोटक पद्धार्थ सहित दुईजनालाई पक्राउ गरेको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेतलाई १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ गरेको हो ।
बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा एक थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट, ब्याट्रि, जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर सहितका बिद्युतीय साधनहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराह क्षेत्र एरियाबाट हतियार सहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा अजिरकोट काफल डाँडा बस्ने(४१ वर्षीया उमा भुजेल रहेकी छिन ।
उनलाई १ थान रिभल्बर र ५ राउण्ड गोली सहित पक्राउ गरिएको हो। स्कुटीमा सवार गरी आईरहेका दुई जना उपर चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार रहेकी उमाको साथबाट अमेरिकन रिभल्वर सहित त्यसमा लाग्ने गोली ५ थान र मोबाईल ५ थान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटी चालक जिल्ला झापा दमक बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह पौडेल समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्