ब्रेकिङ न्यूज : विराटनगर बसपार्कबाट ५ हजार ५ सय घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

ब्रेकिङ न्यूज : विराटनगर बसपार्कबाट ५ हजार ५ सय घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

प्रेम देवान

विराटनगर । विराटनगर बस पार्कबाट सशस्त्र प्रहरी जवान सचित नारायण विश्वास घुस सहित पक्राउ परेका छन् । मोरङको ग्रामथान गाँउपालीका ३ तेतरीया बस्दै आएका विस्वासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट पक्राउ गरेको हो ।


उनलाई विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्ट हाउसको एक किराना पसलमा पाँच हजार पाँच सय रुपैयाँ घुससहित सोमबार दिउँसो विश्वासलाई पक्राउ गरेको हो ।
अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भारतबाट प्याज ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा विश्वासलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका विस्वासलाई कानुनी प्रकृया पुरा गरी ईटहरी अख्तियार दुरप्रयोग अनुसन्धान आयोग ईटहरी लगिएको छ ।
विराटनगर १२ सशस्त्र प्रहरीको बीओपी पोस्ट बखरीमा कार्यरत विश्वासलाई केही समयदेखि घुमुवाका रुपमा खटाइएको थियो । मोरङको ग्रामथान गाउँपालिकाको तेतरियाका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्