३ लाख धरौटीमा छुटेका सिद्धबाबा पुन विराट नर्सिङ होममा

३ लाख धरौटीमा छुटेका सिद्धबाबा पुन विराट नर्सिङ होममा

विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले धरौटीमा छोड्ने आदेश दिएसँगै उनी अस्पतालमा भर्ना भएका छन् । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिएका छन् । गत ४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोपमा पक्राउ परेका उनीलाई थुनछेक बहसपछि अदालतले धरौटीमा छोड्न आदेश दिएको हो ।
बलात्कार आरोप लागेका सिद्धबाबालाई धरौटीमा छुटेपछि सुनसरी जिल्ला अदालत बाहिर महिला अधिकारकर्मीहरुले चर्को नाराबाजी लगाउदै कारबाहीको माग गरेका थिए ।

जिल्ला अदालत सुनसरीले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई उपचारका लागि भन्दै पुनः विराटनगरको विराट नर्सिङ होममा ल्याइएको हो ।
प्रहरीले अदालतबाट अनुसन्धानका लागि चार पटकसम्म म्याद थप गरे पनि उनको अनुसन्धान अवधि अस्पतालको डिलक्स रुममै वित्यो । उनले प्रहरी हिरासतमा बस्नु परेन । डिलक्स रुमलाई नै हिरासत बनाएका उनीसँग अस्पतालको शैयाबाटै बयान लिइएको थियो । म्याद थप तथा अदालतमा पेस गर्ने क्रममा उनलाई सुनसरी लैजान र त्यहाँबाट फर्काएर विराटनगर ल्याउन पटक–पटक विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्स प्रयोग गरिदै आएको थियो । अदालतले धरौटीमा छाड्न आदेश दिएपछि सोमबार दिउँसो ४ बजे उनलाई त्यही एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।
एम्बुलेन्सबाट ओरार्दै गर्दा उनका समर्थनहरुले सास्टङ्दण्डवत गरेर उनलाई प्रणाम गरेका थिए ।
ह्वीलचेयरमा राखेर कृष्णबहादुरलाई ९ नम्बर डिलक्स रुममा राखेर उपचार गरिरहेका छन् । अनुसन्धान अवधिमा उपचारका लागि भन्दै अस्पतालको यही रुममा उनलाई बढी राखिएको थियो । आफू बिरामी रहेकाले बोल्न नमिल्ने भन्दै कृष्णबहादुरले लामो समयसम्म बयान दिन अस्वीकार गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्