प्रदेश नं १ का मुख्यमन्त्री राईद्वारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना

<span class='c1'>प्रदेश नं १ का मुख्यमन्त्री राईद्वारा</span> <span class='c2'>तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना</span>

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्त्वपूर्ण पूँजी हो ।

यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु, मुख्यमन्त्रीले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

यी चाडले नेपालका सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्