गुरुङ समुदायले विराटनगरमा सामुहिक रुपमा मनाए ल्होसार पर्व (भिडियो सहित )

गुरुङ समुदायले विराटनगरमा सामुहिक रुपमा मनाए ल्होसार पर्व (भिडियो सहित )

विराटनगर  । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर मंगलबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले पौष १५ का दिन हरेक बर्ष ल्होसार पर्व भव्य रुपमा मनाउदै आएका छन् ।
यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि मंगलबार विविध सास्कृतिक कार्यक्रममा गरी नयाँ वर्ष अर्थात तमु ल्होसार मुसा बर्ग मनाएका हुन् । तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद नगर समिति विराटनगरको आयोजनामा विराटनगर १६ सलाई मिल भित्र भव्य रुपमा ल्होसार पर्व मनाएका छन् ।
सलाई मिल भित्रको खाली जमिनको परिसरमा विराटनगर भरी छरिएर बसोबास गर्ने गुरुङ समुदाय एक आपसमा भेला भई शुभकामना आदान प्रदान गर्दै ल्होसार पर्व मनाएका हुन् । उनीहरुले गुरुङ भेषभुषामा सजिएर गुरुङ नृत्य प्रस्तुत गरेका थिए ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । ल्होसारको अवसरमा नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने र नाचगान गरी रमाइलो गर्ने परम्परा रही आएको छ ।


प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरि मनाईदै आएको नगर समितिका सचिव राजेश गुरुङले जानकारी दिए । यसैविच नगर कार्य समितिले आगामी दिनमा रु ५ लाखको अक्षय कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । अक्षय कोषमा राखिएको रकमको व्याजबाट गुरुङ समुदायको भेषभुषा धर्म, सस्कृतिको उत्थान गरिने नगर समितिका अध्यक्ष अमर गुरुङले जानकारी दिए । आगामी दिनमा तमु ह्यूल छोंज धिंको संगठनिक संमरचानालई मजबुद बनाउदै लैजाने अध्यक्ष गुरुङले बताए ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अघि सरकारले यो पर्वमा सार्वजनिक विदा दिईने गरेका भएता पनि गत पटक विदा कटौती गरेको छ ।

https://www.facebook.com/ourbrt/videos/2505907873030639/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्