अंग्रेजी नयाँ वर्षमा इटहरीमा भव्य सांगीतिक कार्यक्रम हुदै

अंग्रेजी नयाँ वर्षमा इटहरीमा भव्य सांगीतिक कार्यक्रम हुदै

इटहरी पौष १६ । अङ्ग्रेजी नयाँ बर्षको अवसर पारेर ईटहरी स्थित इम्पेरियल लाउन्जमा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ बर्ष २०२० का अवसरमा संचालन हुने उक्त कार्यक्रममा सिक्किम तथा दार्जिलिङका कलाकारहरूकाे बिशेष प्रस्तुति रहनुका साथै अन्य नेपाली कलाकारहरूको बेजाेड प्रस्तुति रहने छ ।

सांगितिक कार्यक्रममा सिक्किमका र्यापर बि हटी ८८, दार्जेलिङ्का र्यापर ड्रियू लगायत अमृत थापामगर, जनु प्रसाइ, टिकाहाड्ग एण्ड द द्रव्य व्यान्ड, डाइनामिक्स बेन्ड, र्यापर जि परिताेष लयायतहरूकाे प्रस्तुती रहनुका साथै बिभिन्न मनाेरन्जनात्मक खेलहरू संचालन हुनका साथै रेम्प वर्क, फेसन साे, फुड स्टल लगायतका बिभिन्न प्रस्तुतीहरू रहने जनाइएकाे छ ।

कार्यक्रम जनवरी १ तारिक अर्थात बि.सं २०७५ साल पाैष १६ गते बुधबार बेलुका ५ बजे शुभारम्भ हुने इम्पेरियल लाउन्जका प्रबन्धक गाेपाल गिरिले बताए । कार्यक्रममा मिडिया पार्टनर आवर विराटनगर समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्