माईती नेपालद्धारा बिराटनगरको रानी नाकाबाट ९५ जना महिलाको उद्दार

माईती नेपालद्धारा बिराटनगरको रानी नाकाबाट ९५ जना महिलाको उद्दार

विराटनगर । माइती नेपालले जोगवनी नाकाबाट एक बर्षमा ९५ जना महिलालाई बेचबिखन हुन बाट रोकेको छ। माइती नेपालले एक वर्ष भित्र गरेको कामको बारेमा जानकारी दिँदै महिला बेच बिखन हुन बाट राृकिएको तथ्य सार्बजनिक गरेको हो । यसरी उद्दार भएकाहरुमा सन २०१९ को जनावरी १३ जना, फेब्रअरीमा ६ जना, मार्चमा १०, अप्रिलमा ६, मे मा ५, जुनमा ११, जुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बर २, अक्टोवरमा ६, नोभेम्बरमा ६ र डिसेम्बरमा ७ महिलाको भारत तफै लैजाँदै गर्दा उनीहलाई सिमाबाटै उद्दार गरिएको माईती नेपालका कार्यक्रम संयोजक बिनोद पोखरेलले जानकारी दिए ।
फर्काइएका मध्ये ३२ जना मोरङका, १० जना सुनसरी, १० जना झापा, १२ जना उदयपुर, काठमाडौं,भक्तपुर, इलाम, रुकुम, ताप्लेजुङ, कास्की र पाँचथरका समेत महिलाहरु रहेका छन् । त्यस्तै सिरहा, सप्तरी, संखुवासभा, बाँके, सिन्धुली र सोलुखुम्बु खोटाङ र धनकुटाका छन् । उद्दार गरिएकाहरुलाई आफन्तको खोजी गरी जिम्मा लगाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्