विराटनगरबाट सुरुवात गरियो ‘ नेपाल भ्रमण बर्ष २०२०’ ( फोटो फिचर)

विराटनगरबाट सुरुवात गरियो ‘ नेपाल भ्रमण बर्ष २०२०’ ( फोटो फिचर)

विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा भ्रमण वर्ष २०२० को भव्य रुपम उद्घाटन गरी सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा बुधबार एक समारोहका बीच भ्रमण वर्षको शुरुवात गरेको हो । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरी भ्रमण वर्षको सुरुवात गर्नुभएको थियो ।


कार्यक्रम स्थलमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गराइएको थियो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटले कला प्रदर्शन गरेका थिए । साथै आदिबासी, जनजाति, शैक्षिक संस्था, संरक्षण क्षेत्र, वन उपभोक्ता लगायतले विभिन्न भेषभूषामा झाँकी प्रदर्शन गरेका थिए ।

प्रदेश १ निवासी नेपालका चर्चित व्यक्तिहरू, हिमाल आरोही, नेपालकै अग्लो व्यक्ति लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो । विराटनगरको शहिद रंगशाला विराटनगरमा बुधबार नेपाल भ्रमण बर्ष २०२० को उद्घाटनको क्रममा देखिएका केही झलकहरु ।


तस्वीर ः प्रेम देवान / शुशिल साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्