काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्न तयारः पौडेल

काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्न तयारः पौडेल

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिरहेको बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पौडेलले काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व तयार हुनुपर्ने पनि बताए ।
सरकार नीतिगत रूपमै भ्रष्टाचार संरक्षण गर्न लागेको दावी गर्दै उनले त्यसविरुद्ध काँग्रेसको खबरदारी जरुरी रहेको बताए ।
अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै प्रतिपक्षको रुपमा काङ्ग्रेसले प्रभावकारी भूमिका गर्न नसके निरासा बढेर जानसक्ने उल्लेख गर्दै उनले त्यसका लागि सबैभन्दा पहिले काँग्रेस आफै सच्चिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्