विराटनगरमा जारी जुत्ता चप्पल व्यापार मेलामा एक करोड भन्दा बढी कारोबार

विराटनगरमा जारी जुत्ता चप्पल व्यापार मेलामा एक करोड भन्दा बढी कारोबार

विराटनगर । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०७६ ” मा १७ दिनको अवधीमा एक करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
गत पौष १ गतेबाट जारी जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोड बढीको कारोबार भएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्ययले जानकारी दिए ।


नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेलामा दैनिक जुत्ता चप्पल खरिद गर्न आउनेको भीड बढिरहेको छ ।
घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले पनि ग्राहकलाई आकर्षित गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यले बताए ।
प्रदेश १ का उपभोक्तालाई मध्यनजर गर्दै विराटनगरमा मेला आयोजना गरिएको उपाध्ययले जानकारी दिए । नेपालमा नाम चलेका चर्चित ६ वटा ब्राण्डका चुत्ता, चप्पलहरू मेलामा राखिएको छ । मेलामा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ ।


मेलामा १ सयदेखी १० हजार मुल्य सम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने छ । मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखी ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको छ । मेलामा छिमेकी भारत जोगबनी र फारविजगन्ज, ईहटरी, धरान र उर्लाबारीबाट समेत ग्राहकहरु जुत्ता चप्पल खरिद गर्न आउने गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्