कोशी बहिरा संघको जागरुक कार्यशाला, २ सय ९४ जना श्रवणदृष्टि विहिनता मोरङ्गमा

कोशी बहिरा संघको जागरुक कार्यशाला, २ सय ९४ जना श्रवणदृष्टि विहिनता मोरङ्गमा

विराटनगर । कोशी बहिरा संघ विराटनगरले आयोजना गरेको जागरुक कार्यशाला सम्पन्न गरेको छ । जागरुकता कार्यशाला नाम दिईएको कार्यक्रममा स्वास्थ्य अधिकार , बहिरोपन भएका बच्चाहरुको आवश्यकता सम्बन्धि समस्याको बारेमा छलफल भएको थियो । स्थानीय सञ्चारकर्मी र र स्थानीय तहका स्थानीय सरकारी अधिकारीहरुको लागी कार्यशालाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कोशी बहिरा संघले ल्याएको तीन बर्षिय श्रवणदृष्टि विहिनता परियोजनाका बारेमा जानकारी दिँदै श्रवणदृष्टि विहिनता परियोजनाका प्रसान्त दुलाल र कोशी वहिरा संघकी शिक्षक दुर्गा भण्डारीले कार्यशालामा बिभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।
बिगत ३ महिनादेखि विराटनगरका १० जना अपाङ्गता भएका बालबालिकालाई परिक्षण गर्दै आएको तथा विराटनगरका २० जना स्वयम सेवकलाई अभिमुखिकरण तालिम दिईएको सोही अवसरमा जानकारी दिईएको थियो ।
नेपालको अपाङ्गता अधिकार ऐन २०७५ ले अपाङ्गतालाई १० वर्गमा विभाजन गरेको छ । जस मध्येको एक श्रवणदृष्टि विहिनता अपाङ्गता पनि हुन् । कार्यशालामा श्रवणदृष्टि विहिनता अपाङ्गताका बारेमा जानकारी गराइएको थियो । श्रवणदृष्टि विहिनता अपाङ्गता भन्नाले सुनाइ तथा दृष्टि सम्बन्धी अपाङ्गता भएका एकै व्यक्ति हुन् ।
नेपालको जनगणना २०६८ अनुसार नेपालमा श्रवणदृष्टि विहिनता अबस्थामा अपाङ्गता भएका व्यक्ति ९ हजार ७ सय १४ रहेको जानकारी दिईयो । मोरङ्गमा २ सय ९४ जना श्रवणदृष्टि विहिनता अपाङ्गता भएका व्यक्ति रहेका छन् जस् मध्ये १ सय ६ महिला र १ सय ४८ पुरुष रहेका छन् ।
कार्यशालामा श्रवणदृष्टि विहिनता अपाङ्गताका प्रकार, अपाङ्गता हुनुको कारण बारेमा जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्