मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामाग्री प्रदान

<span class='c1'>मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई</span> <span class='c2'>आवश्यक सामाग्री प्रदान</span>

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिनुभएका विद्यार्थीलाई आज आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । गत बर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर आवश्यक सामाग्री प्रदान गरिएको हो । मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, खाद्यान्न सामाग्री र जाडोको लत्ता कपडा प्रदान गरिएको थियो ।
रतुवामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तुलाराम लुइटेल, समाजसेवी, भरतमणी कार्की, शिक्षक भिम लुइटेल, शिक्षिका भिमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाहकार ध्रुव सुवेदीले आवश्यक सामाग्री प्रदान गर्नुभयो ।
विद्यार्थी भर्ना अभियानको क्रममा २०७५ बैशाख ९ गते यी बालबालिकाहरुको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गर्नुभएको थियो । उनीहरु बाल कक्षामा अध्ययनरत छन् । अत्यन्तै गरीब परिवारका यी बालबालिकाहरुको पठन पाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्