ईमोमा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने तीनजना विराटनगरबाट पक्राउ

<span class='c1'>ईमोमा चिठ्ठा पर्यो भन्दै ठगी</span> <span class='c2'>गर्ने तीनजना विराटनगरबाट पक्राउ</span>

विराटनगर । मोरङ प्रहरीले इमोमार्फत चिठ्ठा प¥यो भन्दै ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका –३ का ३५ वर्षिय विशाल भनिने निरञ्जन प्रसाद आचार्य, खोटाङ्गको जन्तेढुङ्ग गाउँपालिका –४ का २० वर्षिय देवी चौलागाई र सोही ठाउँका २२ वर्षिय शिवजी खड्कालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले उनीहरु तीनै जनालाई विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मोरङमा शुक्रबार म्याद थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका गिरोहले अहिलेसम्म साढे पाँच लाख रुपैयाँ ठगी गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ । ‘पक्राउ परेका ठगी धन्दामा लागेका गिरोहबाट ठूलो संख्यामा विभिन्न बैंकका एटिएम कार्ड, बैंकमा रकम जम्मा गरेको भौचरहरू फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्